धनगढीमा जारी सिप तथा रोजगार मेला सम्पन्न

Image
Nisarga Hospital

धनगढीः धनगढीमा सञ्चालित सिप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा फागुन ८ गते सुरु भएको मेला आज सम्पन्न भएको हो । धनगगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले मेलाको समापन गरेकि हुन् । समापन कार्यक्रममा बोल्दै उप प्रमुख रानाले यो मेलाबाट तालिम लिएकाहरुको क्षमता अभिबृद्धी मात्रै नभएर आत्मबिश्वास समेत बढेको बताइन् ।

CP Hospital Dhangadhi

यो मेलाबाट थुपै्र सिप सिकेर जाँदै हुनुहुन्छ यो तालिम लिएर आर्थिक रुपमा मात्रै बलियो हुन्छन् नसोच्नुहोला उहाँहरु मानसिक रुपमा पनि बलियो हुनुभएको छ उनले भनिन् “अब सिप सिकेर कि कतै काम गर्नुहुन्छ कि आफ्नै ब्यवसाय सुरु गर्नुहुन्छ, खाली समय बसेर दिमाक लाई बेकामे त राख्नुहुन्न, दिमाकले काम नपायो भने बिभिन्न कुरा खेल्छन् र नराम्रो काम तर्फ समेत युवा उन्मुख हुन्छन्, त्यस कारण यस तालिमले मानसिक रुपमापनि युवाहरुलाई बलियो बनाएको छ, अब अन्य स्थानिय तहलेपनि मेला सुरु गरुन, हामी अर्को बर्षपनि सिप तथा रोजगार मेला आयोजना गर्छौँ ।”

nawajiwan

मेलामा सुदूरपश्चिमभरिका एक हजार युवालाई सिपमूलक तालिम दिइएको छ । धनगढी उपमहानगरपालिकाले प्रदेशका नौवटै जिल्लाका एक हजार ४० युवालाई आठवटा विधामा तालिम दिएको छ । तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार ८ सय ३० जनाले आवेदन दिएका थिए । त्यसमध्ये एक हजार ४० जनालाई छनोट गरेर तालिम दिइएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । महासंघको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरको आयोजनामा सिप तथा रोजगार मेला आयोजना गरिएको हो ।

Attariya Hospital

रोजगारीका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार गर्ने, युवाहरूलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष पाठकले बताए । अटोमोबाइल, इलेक्ट्रोनिक, पेन्टिङ, मेकानिकल, निर्माण, आथित्य–सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङ, पुरोहित, प्लम्बिङ, वाइरिङ, मन्टेश्वरी लगायत विधामा सहभागी युवाहरूलाई निःशुल्क रूपमा सिप सिकाइएको छ ।