विवादित अडियोपछि सुदूरपश्चिममा मन्त्रीको राजीनामा प्रकरण: रेशम र रञ्जिताबीच छलफल

Image
Nisarga Hospital

धनगढी: विवादित अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्तरिक छलफल थालेको छ । नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ यस विषयमा छलफल गर्न धनगढी पुगेका छन् । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको भोलिपल्ट सबै संघीय सांसदसहित रेशम र रञ्जिता धनगढी पुगेका हुन् । छलफलमा संघीयतर्फका सांसद गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी उपस्थित छन् । प्रदेशसभाका अधिकांश सांसद छलफलमा छन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

धनगढीको एक होटलमा विवादित अडियोका विषयमा र पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । छलफलमा नाउपाका मन्त्रीले राजीनामा दिएपछि कसलाई पठाउने, तत्काल पठाउने वा नपठाउने भन्ने विषयमा छलफल भइरहेको छ । अडियो रेकर्ड सार्वजनिक भएपछि कारबाहीको विषय पनि उठिरहेको छ । दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आफू अनुकूल बनाएर ठूलो आर्थिक लाभ लिन सकिने विषयमा काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिबार राजीनामा दिएका थिए ।

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावी गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले आज पनि प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

Advertize US