
शुक्रबार नेपाली बजारमा छापावाल सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला ३,९०० रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँमा पुगेको छ।

बिहीबार सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।





















