
यस सिजनको आईपीएलमा गुजरात टाइटान्सले लगातार चौथो जित दर्ता गर्दै राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १५९ रनमै समेटियो। सिम्रन हटमायरले ५२, सञ्जु सामसनले ४१ रन बनाए। प्रसिद्ध कृष्णले ३ विकेट लिए भने रसिद खान र साई किशोरले २–२ विकेट लिए।

गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै २१७ रन बनाएको थियो। साई सुदर्शनले ५३ बलमा ८२ रन बनाएर ‘प्लेयर अफ द म्याच’ घोषित भए।

जितसँगै गुजरात आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने राजस्थान चार अङ्कसहित सातौँ स्थानमा छ।





























