
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। सुन प्रतितोला रु १,८१,१०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि, चैत २१ गते सुनको मूल्य प्रतितोला रु १,८०,३०० पुगेको थियो। आजको मूल्य अघिल्लो रेकर्डभन्दा रु ८०० ले बढी हो।

हिजो (बुधबार) सुन प्रतितोला रु १,७५,४०० मा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ५,७०० ले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला रु १,९०० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य (रु १,८३५) भन्दा रु ६५ ले बढी हो।अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,१३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।































