दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघको विजयी ¥याली, नेतृत्वदायी टोलीको प्रतिबद्धता (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया: दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा विजयी भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ कार्यसमितिले बिहीबार अत्तरियामा विजय र्‍याली निकालेको छ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको र्‍यालीले अत्तरिया बजार परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो। ¥यालीमा नव-निर्वाचित पदाधिकारीहरूसँगै विद्यार्थी, समर्थक तथा कांग्रेसका स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

nawajiwan

सभापतिमा पुनः निर्वाचित भएका भुवन महराले विद्यार्थीप्रतिको आभार व्यक्त गर्दै संस्थागत सुधार र विद्यार्थी हितका मुद्दामा साझा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

Attariya Hospital

सचिवमा निर्वाचित ज्योति साहुले सम्पूर्ण नेविसंघ प्यानलको जितमा विश्वास प्रकट गर्दै क्याम्पसमा अध्ययनरत छात्राहरूको समस्या समाधानलाई प्राथमिकता दिने बताइन्। “हाम्रो एजेन्डा विद्यार्थीका आवश्यकता थिए, अब त्यसअनुसार काम सुरु हुन्छ,” उनले भनिन्।

र्‍यालीपछि आयोजित कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रीय सभापति वसन्त रोकाया (ललित) ले दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघको जित सुदूरपश्चिममा कांग्रेसको सांगठनिक विस्तारको प्रतीक भएको बताए। उनले यो विजय ऐतिहासिक भएको समेत उल्लेख गरे।

बुधबार सम्पन्न निर्वाचनमा भुवन महरा नेतृत्वको नेविसंघ प्यानल सम्पूर्ण पदमा विजयी भएको हो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित महरा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको दुर्गालक्ष्मी क्याम्पसमा पूर्ण प्यानलसहित विजयी भएका छन्।

Advertize US