नेपाली बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य १ लाख ८५ हजार रुपैयाँमा

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ। लगातार रूपमा मूल्य वृद्धि भइरहेको सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ९ सय रुपैयाँले बढ्दै ऐतिहासिक उचाइमा पुगेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बिहीबार यसको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ।

nawajiwan

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको जनाएको छ।

Advertize US