सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
मानिसहरू सबैलाई आ आफ्नै रहर हुन्छ,
कोही पानी कसैको निशानामा बगर हुन्छ।
CP Hospital Dhangadhi
बाउकै नाम खोज्छन् आँमाहरू ओजेलमा,
कीन यो संसारमै व्यवस्था उस्तै गदर हुन्छ।
फुलेका हुन्छन् थुप्रै फूल यहाँ बासना उस्तै,
बुझ्दैनन् कस्तो मालिको भोको अधर हुन्छ।
nawajiwan
ए जिन्दगी कहाँ गएर टुङ्गिन्छस् भन केही,
गन्तब्य थाहाभए पो हलुङ्गो यो सफर हुन्छ।
कुटेका छन् गिट्टी भोका आत्माहरू सर्वत्र,
आँखाकै सपना त्यसैमा जीवन निर्भर हुन्छ।
कसैको छैन मानो छैन छानो तर कसैलाई,
अरूको जीवन भन्दा नि प्यारो डलर हुन्छ।

॥१॥

लुटेराहरूले देशको सत्यानाश गरेकाछन्,
सडक सदनमा उनैले बक्वास गरेकाछन्।
ऋण लिएर प्रदेश सरकार चलाउँछन सधैँ,
देश बेच्ने पनि उनैले दुशसहाश गरेकछन्।
Attariya Hospital
भन्छन् सबै डाँडामा भ्यूटावर बनाएकाछौँ,
आहा हेरौँ त नेताले कती खाश गरेकाछन्।
उसलाई ठेक्का मिल्दैन गर्छ काम जसले,
कमिसनको खेलमा वाइपास गरेकाछन्।
गणतन्त्र शहीदकै रगतले ल्याएको होला,
उनैका परिवारलाई उठिबास गरेकाछन्।
यही देशको नागरिक हु मलाई चिन्नुहाला,
देशबाट प्रकृती सम्पदा निकास गरेकाछन्।

॥२॥

कीन यस्तो हुन्छ जो भ्रष्टाचार हुन्छ देशमा,
खै जहिलेपनि उनैको सरकार हुन्छ देशमा।
तर गणतन्त्रको विक्लपमा राजतन्त्र होइन,
गणतन्त्र नै भन्छन् असरदार हुन्छ देशमा।
राष्ट्रिय विभूतिहरूको सधैँ शंरक्षण गर्नैपर्छ,
उनिहरूकै हृदयमा पनि प्यार हुन्छ देशमा।
नेताहरूले आसेपासेलाई छानेर गरे गलती,
राजनीतिको पनि सधैँ व्यपार हुन्छ देशमा।
इतिहास साँच्ची छ हामिले त भनेकै थियौँ,
यो सङ्घीयताले आर्थिक भार हुन्छ देशमा।
कसले सुन्थ्यो हजुर हाम्रा कुरा जहिल्यै नि,
सरकारको बागडोर छोप्ने जार हुन्छ देशमा।

॥३॥

कुनै दिन आफै हराएको सहर यही हो,
अघात मैले मन पराएको सहर यही हो।
केवल संझना मात्र रह्यो अबशेष आज,
हृदयले अधिक सराएको सहर यही हो।
कसरी बताउँ मैले हृदय बिदारक कथा,
यो आफ्नै मुटु चराएको सहर यही हो।
हराएयो चौबाटामा जीवन बे-खबर छ,
आँसुमा सपना तराएको सहर यही हो।
मृत्यु सँग म पनि डराएन कहिल्यै कतै,
जिन्दगी सँग नै डराएको सहर यही हो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Advertize US