
नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो।

यसअघिको कारोबार दिन अर्थात् शुक्रबार तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आइतबार एक हजार रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उकालो लागिरहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य समेत बढेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिलाई मध्यनजर गर्दै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिन सक्ने अनुमान गरिएको छ।



























