
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ। निगमले मंगलवार जारी गरेको विज्ञप्तिमा बुधबार (भोलि)देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरिएको जनाइएको छ।


भारतबाट आयात हुने इन्धनको मूल्य घटेकै कारण नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको प्रतिलिटर मूल्य १६० रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १४६ रुपैयाँ कायम हुने छ।
































