नेपाली बजारमा सुनको मूल्य फेरी आकासियो, अब तोलाकै १ लाख ९० हजार बढी, आजका लागि कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपालमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। पछिल्ला दिनहरूमा लगातार वृद्धि हुँदै आएको सुनको दर बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा एकैदिन ३६०० रुपैयाँको उछाल आएको हो। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ थियो।

Attariya Hospital

महासंघले दिएको जानकारीअनुसार अब १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४१० रुपैयाँ निर्धारण गरिएको छ।

nawajiwan

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रति तोला १९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले वृद्धि भई १९६० रुपैयाँमा पुगेको छ।