शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी यथावत्

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले कमी आएको हो।

CP Hospital Dhangadhi

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो दिन बिहीबारको १ लाख ९० हजार ६०० रुपैयाँभन्दा घटेको हो। यद्यपि, हालको मूल्य अझै पनि ऐतिहासिक उच्च बिन्दु नजिकै रहेको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो।