कैलालीको टिकापुरमा पोथी पाटे बाघ मृत अवस्थामा फेला

Image
Nisarga Hospital

कैलालीको टिकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

CP Hospital Dhangadhi

सामुदायिक वनको बीचमा रहेको घना जङ्गलभित्र बाघको शव भेटिएको हो। बाघको अगाडिको भागमा चोट देखिएको सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जानकारी दिए।

मृत बाघको तौल १८० किलोग्राम, लम्बाइ एक सय तीन इन्च, चौडाइ ४० इन्च र गोलाइ ५८ इन्च रहेको यादवले बताए।

nawajiwan
Attariya Hospital

बर्दिया राष्ट्रिय निकुञ्जबाट आहारविहारका लागि सामुदायिक वनमा आएको उक्त पोथी बाघ जङ्गलको भित्री भागमा मृत भेटिएको हो। शव भेटिएपछि मात्र बाघ मरेको थाहा भएको जनाइएको छ।

प्रारम्भिक अनुमान अनुसार, पोथी बाघ भाले बाघसँगको झगडामा परेर भालेको आक्रमणबाट मरेको हुन सक्ने बताइएको छ।

मृत बाघको पोस्टमार्टम गरिनेछ। घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुष महर्जनसहितको प्राविधिक टोली घटनास्थलमा पुगेको छ।