
काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यसयता सामान्य उतारचढाव भए पनि सोमबारसम्म आइपुग्दा मूल्य उच्च बिन्दुमा पुगेको हो।

आइतबार सुनको दर १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। सोही आधारमा सोमबार सुन प्रतितोला १२०० रुपैयाँले बढेको हो।

चाँदीको मूल्य भने स्थिर छ। आइतबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ।































