
नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ७ हजार ५ सय रुपैयाँ घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।
त्यसअनुसार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३५ रुपैयाँ तोकिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि केही घटेको छ। मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य ५ रुपैयाँ घटेर बुधबार १ हजार ९६५ रुपैयाँ कायम भएको छ।



























