आकासिएको सुनको मूल्य तोलामा नै १ हजार घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम गरिएको थियो। शुक्रबार भने उक्त दर घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलाको २ हजार १० रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले घट्दै २ हजार रुपैयाँमा कारोबार भएको छ।