
हाम्राे समाजमा राठ शब्द धेरै पहिलेदेखि नै चलेकाे परम्परागत शब्द हाे । आजभोलि राठकाे पर्यायवाची शब्द थर वा जात भन्ने हुन्छ । जसले राजनीतिक, जातिय, धार्मिक, सामाजिक, आर्थिक, संस्कार, परम्परा आदिमा व्यापक प्रभाव पारेकाे छ । नेपाली शब्दकोष अनुसार राठ भनेकाे वंश वा भाइबन्धु भन्ने अर्थ लाग्दछ । मेराे बुझाईमा पनि राठ भनेकाे थर भन्ने अर्थ लाग्छ र निजले गर्ने कामकाे आधारमा मुखिया, भणरे, पतरे, भाेकरीया, सिकर्मी, डकर्मी आदि पद भन्ने अर्थ लाग्दछ । मेराे दार्चुला सेराेफेराेकाे कुरा गर्दा मालिकार्जुन मडमा मालिकार्जुन देवताकाे हुनैनाथ देवताकाे र जनताकाे मुख्य काम गर्नेलाई मुखिया पद दिइएकाे थियाे धेरै पहिले ।

अब मडाल धामी सबै मुखिया राठ कसरी हुन सक्छन् ? उकुका पाल राठ अहिले पनि छन्, तर उकेली राठ किन भनिएन ? मेराे बुझाईमा हाम्राे सेराेफेराेमा राठ भनेकाे थर भित्रका कामकाे आधारमा विभाजित पद हुन । शब्दकाे अर्थ नबुझेर बनाइएको शब्द राठ हाे ।
देवताका सामानहरू भण्डार गर्ने जिम्मेवारी पाएकाे व्यक्तिलाई भणरे भनिन्छ । अब मडाल धामी, औतालेकी धामी सबै भणरे राठ हुन सक्छन् त ? हामीले राठी भनेमा दाेहाेराे अर्थ लाग्छ, किनकि राठी भनेकाे मरवाडी समुदायकाे एक थर हाे । मेराे दार्चुला सेरोफेरोमा विभिन्न राठहरू रहेका छन् जानेर वा अनजानमा । गाैणे, टुकाघरी, चलाघरी, द्याैल्याल, मुखिया राठ, भणरे राठ, बुबु राठ, ठुलराठ आदि । अझ हामी राठ नभनेर राठी पनि भन्छाै । राठी एक थर हाे, राठ एक वंश वा भाइबन्धु हाे । त्यसैले काेहि राठी छैनन् राठ हुन ।
यदि गाेठ्युडी बस्ने मानिस गाेठ्युडे राठ हुन्छ भने सिलाजाे बस्ने मान्छे सिलाजाे राठ भएन र ? गाेठ्युडीमा अवस्थी पनि बसाेबास गर्दछन् । अवस्थी राठ भन्ने कि गाेठ्युडे राठ ? जनजिब्राेकाे भाषामा अवस्थी राठ भन्दछन् । उकुमा पालहरूकाे बसाेबास छ र पाल राठ भन्दछन् । यदि त्यसाे हाे भने मडमा बस्ने सबै मडाल धामीहरू धामी राठ किन भएनन् ? यदि ठाउँ अनुसार राठ राख्ने हाे भने जातजातिको कुरा नगराैं, सिधै दार्चुले राठ, बैतडे राठ, डाेटेली राठ आदि । जातिअनुसार राख्ने हाे भने धामी राठ, ठगुन्ना राठ, पाल राठ, अवस्थी राठ, पन्त राठ, बाेहरा राठ आदि भन्नु उचित ठहरिन्छ । कामकाे आधारमा हाे भने पनि त्यसै आधारमा राठ विभाजन गरिनु पर्दछ । त्यसैले राठकाे परम्परागत र समकालीन अवधारणा फरक फरक छ ।
दुई जाति र धेरै जात (थर) छन् । जाति भनेका नर र नारी हुन। मेराे बुझाईमा वंश नै राठ हाे । कामकाे आधारमा हाे भने गाेठ्युडे राठ नभएर मुखिया राठ हुनु पर्ने थियाे । राठीपाटी वा राठी पार्टी शब्द एकदमै गलत शब्द हाे । उ कसकाे मामा, आामा आदि…। हंशराज भट्ट, भाट, धामी सहित औल्लेकी राठ अथवा भट्ट, भाट, धामी राठ हुन्छ । परम्परागत रुपमा हेर्दा औतालेकमा तीन राठ छन् : ति हुन मुखिया राठ, बुबु राठ र भणरे राठ । त्यसैले गाेठ्युडेहरू पनि मुखिया राठ नै हुन् ।
राठ भनेकाे वंश हाे, थरकाे आधारमा हुन्छ । जाेशी राठ, धामी राठ, पन्त राठ, बाेहरा राठ, लुहार राठ, अवस्थी राठ आदि । पदकाे आधारमा हाे भने शिक्षक राठ, प्राध्यापक राठ, मिस्त्री राठ आदि हुन्छ । यदि देवकार्यकाे आधारमा हाे भने पुजारी राठ, भणरे राठ आदि हुन सक्छ । यसमा तपाईहरूकाे प्रतिक्रिया के छ ? तर राठकाे गहन अध्ययन हुनु जरुरी छ । राठ भनेकाे वंश जनाउने शब्द हाे भन्ने मेराे ठम्याई रहेकाे छ । समग्रमा हाम्राे सेराेफेराेमा राठ विभाजन प्रक्रिया त्यति व्यवहारिक र वैज्ञानिक छैन ।
क्रमश : …
मान सिंह धामी (भाैनबाटी)
माालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला





























