
नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ।

आइतबार यो मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।



























