गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्रको नयाँ भवन उद्घाटन

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेशिक आयुर्वेद चिकित्सालय, धनगढीको आयोजनामा गोदावरी नगरपालिकामा नव निर्मित नागरिक आरोग्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर तीन कोठे भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा उपमेयर शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Attariya Hospital

उक्त भवन निर्माणका लागि गोदावरी नगरपालिकाले आफ्नै लागतमा १३ लाख रुपैयाँ लगानी गरेको हो। स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भवन निर्माणमा आर्थिक सहयोगका साथै कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण तथा औजारहरू पनि नगरपालिकाले उपलब्ध गराएको जानकारी दिए।

oplus_0

कार्यक्रममा बोल्दै कार्यालयकी वैद्य तुला बोहराले नागरिक आरोग्य सेवा केन्द्रले विगत ५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको बताइन्। उनका अनुसार कार्यालयबाट ओपिडी सेवा, पञ्चकर्म सेवा तथा आयुर्वेदिक उपचारमार्फत बाँथ, अम्ल, पित्त जस्ता समस्याका बिरामीहरूको उपचार हुँदै आएको छ। साथै, थेरापी सेवा समेत कार्यालयले प्रदान गर्दै आएको उनले जानकारी दिइन्।

oplus_0

हाल कार्यालयमा दुई जना कर्मचारी कार्यरत रहेको र भवन निर्माणसँगै सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ