सशस्त्र प्रहरीको पोशाक लगाएको भिडिओ सामाजिक सञ्जालमा राख्ने १६६ जनामाथि कारबाही

Image
Nisarga Hospital

अत्तरिया : सशस्त्र प्रहरी बलको पोशाकमा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक सय ६६ जना कारबाहीमा परेका छन्। करिब २ वर्षमा संगठनको नीति निर्देशन विपरित सामाजिक संजालमा पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गर्ने १६६ जनालाई कारबाही गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार विभागीय कारबाहीमा पर्नेहरू प्रहरी नायब निरीक्षकदेखि परिचरसम्मका कर्मचारी छन्।

CP Hospital Dhangadhi

उनीहरूले फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए। कारबाही परेकाहरू सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना छन्।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको छ। त्यसमध्ये ११८ जनालाई नसिहत दिइएको छ।

nawajiwan
Attariya Hospital

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारवाही गर्दै आएको डिएसपी थापाले बताए।
सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ।

यसैगरी ४ जना कर्मचारी कारबाही प्रक्रियामा छन्। प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार १ जना र जवान ३ जना छन्।

Advertize US