प्रधानमन्त्री ओली आज संसद्मा जवाफ दिदै: नीति तथा कार्यक्रममाथि उठेका ३७ संशोधनसहित प्रतिवेदनमाथि निर्णायक बन्दै

Image
Nisarga Hospital

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभामा आज (आइतबार) सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन्। विगत केही दिनदेखि भइरहेका बहसपछि प्रधानमन्त्री आज संसद्मा प्रत्यक्ष रूपमा सांसदहरूको जिज्ञासाको जवाफ दिन लागेका हुन्।

CP Hospital Dhangadhi

प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ मा सुरु हुनेछ। संसद् सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको जवाफपछि नीति तथा कार्यक्रममाथि पेश भएका ३७ संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने कार्यसूची तय गरिएको छ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपालको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसयता वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा त्यस विषयमा विस्तृत बहस भइरहेको छ।

nawajiwan
Attariya Hospital

त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि आज संसद्मा प्रस्तुत गर्ने छन्।

प्रधानमन्त्रीको जवाफ र संशोधनहरूमाथिको मतदानसँगै आज संसद्को वातावरण राजनीतिक रूपमा निर्णायक बन्ने आँकलन गरिएको छ।

# ट्रेण्डिङ