बुद्धजयन्तिमा धनगढीको CCS का विद्यार्थीद्वारा शीतल सरबत वितरण

Image
Nisarga Hospital

बुद्धजयन्तिको अवसरमा धनगढीस्थित क्रेसेन्ट सिटी स्कुल (CCS) कक्षा ११ का विद्यार्थीहरूले बुद्धमन्दिर परिसरमा सर्वसाधारणलाई निशुल्क सरबत वितरण गरेका छन्। विद्यार्थीहरूको आफ्नै पहलमा गरिएको यस कार्यले स्थानीयवासी र दर्शनार्थीहरूमा सकारात्मक सन्देश फैलाएको छ।

CP Hospital Dhangadhi

Attariya Hospital

गर्मी मौसममा शीतल पेय पाएपछि श्रद्धालुहरू खुसी देखिन्थे। सहभागी विद्यार्थी गरिमा चौधरीले समाजप्रति योगदान दिने भावना बोकेर कार्य गरेको बताइन्। कार्यक्रम समन्वयकर्ता शिक्षक लोकेन्द्र चोखालले यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थीमा सामाजिक उत्तरदायित्वबोध बढाउने बताए।

nawajiwan

स्थानीय अभिभावक तथा समाजसेवीहरूले पनि विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता सकारात्मक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

Advertize US