इतिहास को दोहोऱ्याउने कि बद्लिने? थाइल्याण्डसँगको फाइनल भिडन्तमा नेपाल आज मैदानमा

Image
Nisarga Hospital

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम चरण ‘सुपर थ्री’ अन्तर्गत नेपाल आज थाइल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

CP Hospital Dhangadhi

तेरथाइ क्रिकेट मैदानमा विहान पौने ९ बजे सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान इन्दु बर्माको नेतृत्वमा बलिङबाट खेल थालिएको हो।

नेपाल र थाइल्याण्ड दुवैले आगामी ग्लोबल छनोटको टिकट सुरक्षित गरिसकेका छन्, तर आजको भिडन्त उपाधि कब्जाको लागि निर्णायक हुनेछ।

nawajiwan

नेपालले सोमबार युएईलाई हराउँदै पहिलो पटक एसिया छनोट पार गरी ग्लोबल चरणमा स्थान बनाएको हो। त्यसअघि आइतबार थाइल्याण्डले युएईलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको थियो।

थाइल्याण्ड हालसम्म प्रतियोगितामा कुनै खेल नहारी अपराजित छ — समूह चरणमा २ जित, २ खेल वर्षाले रद्द र सुपर थ्रीमा युएईविरुद्धको जीत सहित।

Attariya Hospital

नेपालकी कप्तान इन्दु बर्मा उपाधि हात पार्ने लक्ष्यसहित मैदान उत्रिएको बताउँछिन्। “अब गुमाउन केही छैन, जितका लागि सकारात्मक खेल्नेछौं,” उनको भनाइ छ।

नेपालले यसअघिका खेलमा बहराइनलाई दुबैपटक पराजित गरे पनि हङकङसँग हार बेहोरेको थियो। हङकङ र बहराइनसँग वर्षाले प्रभावित खेल नेपालका पक्षमा परेपछि नेपालले बढी जितका आधारमा अगाडि बढ्न सफल भयो।

यद्यपि, महिला टी–२० अन्तर्राष्ट्रियमा नेपालले अहिलेसम्म थाइल्याण्डमाथि जीत हासिल गर्न सकेको छैन। आजको खेल त्यस ऐतिहासिक अभावलाई तोड्ने मौका हो—साथै उपाधिसमेत हात पार्ने सुनौलो अवसर।

अनलाईन खबरका केहीशब्दहरु साभार

Advertize US