कमल थापाको गिरफ्तारीले चर्कियो आन्दोलन, लिङ्देनको चेतावनी– “उपत्यका ठप्प पार्छौं”

Image
Nisarga Hospital

राजसंस्था पुनर्स्थापनाको मागसहित जेठ १५ गतेदेखि सुरु भएको आन्दोलन आइतबार थप चर्किएको छ। नारायण चौरमा भएको प्रदर्शनका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

लिङ्देनले थापा रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने घोषणा गरे। “थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगरिए उपत्यका बन्द सुरु हुन्छ,” उनले भने।

Attariya Hospital

उनले अब राजावादी आन्दोलन उपत्यकाभर फैलिने र सरकारलाई रोक्न चुनौती पनि दिए। राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी दल र संगठनहरूले मिलेर निर्णायक आन्दोलनको घोषणा गरिरहेका छन्।

nawajiwan

प्रदर्शनकारीहरू नक्साल र बालुवाटार पुग्दा प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै बल प्रयोग गरी थापालाई नियन्त्रणमा लिएको थियो।