दाइजो प्रथा अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आह्वान

Image
Nisarga Hospital

कैलाली: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कानुनले निषेध गरेको दाइजो प्रथालाई सामाजिक स्तरमै अन्त्य गर्नु आवश्यक रहेको बताउँदै सम्पूर्ण नेपाली समाजमा दाइजो प्रथा विरुद्ध एकजुट भई आवाज उठाउन गरहेका छन्।
मियाँले ओल्मा काउन्सिल नेपाल, नवलपरासीद्वारा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रममा बोल्दै समाज परिवर्तनको पहल समुदाय स्वयंबाटै हुनुपर्ने प्रमुख प्रमुख मियाँको भनाइ थियो ।

CP Hospital Dhangadhi

कार्यक्रमले मुस्लिम समुदायमा व्याप्त सामाजिक कुप्रथा विरुद्धको ऐक्यबद्धता जनाउँदै, दाइजो प्रथा औपचारिक रूपमा अन्त्य गरिएको ऐतिहासिक घोषणा गरिएको छ ।
धर्मगुरुहरू तथा कार्यक्रमका वक्ताहरूले इस्लाम र संविधानले दाइजो प्रथालाई अस्वीकार गरेको उल्लेख गर्दै दाइजो लिने वा दिने कार्यमा सहभागी विवाह नगराउने दृढ संकल्प व्यक्त गरेका छन्।
कार्यक्रमको अध्यक्षता ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना जहीरले गरेका थिए । संविधानसभा सदस्य हाजी अलाउद्दीन अंसारी, नेपाल हज समितिका केन्द्रीय अध्यक्ष जबूल मियाँ, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, ओल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मजहरी तथा जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि थिए।
कार्यक्रमको सञ्चालन अमीरुल्लाह मियाँले गरेका थिए।

Attariya Hospital

सोही अवसरमा जिल्ला मदरसा, मस्जिद, दरगाह तथा कब्रिस्तान संरक्षण समिति गठन कार्यक्रम समेत सम्पन्न भएको छ।
कार्यक्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदा, परासी क्याम्पस प्रमुख सुमन गोपाल आचार्य, आई ग्लोब हस्पिटलका प्रमुख देवकुमार यादव र डा. आफ्ताब आलमलाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रदेश प्रमुख मियाँको भव्य स्वागत गरिएको उक्त कार्यक्रम मुस्लिम समुदायभित्र सामाजिक सुधारको दिशामा ऐतिहासिक मोडको रूपमा लिइएको छ।

nawajiwan
Advertize US