नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्यमा पुनः वृद्धि, अब कतिमा पाउछ त ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार २०८२ असार २ गते (१६ जुन २०२५) राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ मूल्य बढाइएको हो।

CP Hospital Dhangadhi

इण्डियन आयल कर्पोरेशनबाट २०८२ असार १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा रु. १.४१ र डिजेलमा रु. १.६७ ले मूल्य बढेर आएको निगमले जनाएको छ। सोही आधारमा समायोजन गरिएको खुद्रा मूल्य उपभोक्तामा पारदर्शी रुपमा लागू गरिएको हो।

Attariya Hospital

नयाँ मूल्यअनुसार निगमको डिपो वा कार्यालयदेखि १५ किलोमिटरको दूरीभित्र बिक्री हुने पेट्रोल र डिजेलको खुद्रा मूल्य निर्धारण गरिएको छ। निगमले इन्धन आपूर्तिमा कुनै अवरोध नआउने र उपभोक्तालाई नियमित सेवा उपलब्ध गराइने स्पष्ट पारेको छ।

nawajiwan

Advertize US