सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

सुन्दर सुदुरपश्चिम यातायात प्रालिको आयोजनामा सवारी चालकहरुलाई ‘सवारी दुर्घटना न्युनिकरण’ सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम कैलालीको घोडाघोडीमा सम्पन्न भएको छ । ‘स्तरिय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुकनाराका साथ भएको कार्यक्रमको उदघाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले गरेका थिए ।

CP Hospital Dhangadhi

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावतले दुर्घटना न्युनिकरणमा प्रमुख भुमिका सवारीचालकहरुको रहेको बताए । उनले साघुरो सडक, लेन अनुशासन मिच्ने मान्छे, छाडाचौपायाका कारण पनि बेलाबेलामा दुर्घटनका घटना हुने गरेकोले सम्बन्धित सबै निकायले ध्यान दिनु पर्ने बताए । नगरप्रमुख रावतले सवारी दुर्घटना न्युनिकरणका लागि घोडाघोडी नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सवारी चालक, स्थानिय बासिन्दा लगायतको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

nawajiwan

उदघाटन कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष सापकोटाले ‘स्तरिय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै प्रालिले सवारीचालक र यात्रुहरुलाई नियमित रुपमा सवारी दुर्घटना न्युनिकरणमा चालक र यात्रुका साथै सडक यात्रुलाई समेत प्रशिक्षण दिदै आएको बताए ।

Attariya Hospital

सवारी दुर्घटना कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा प्रालि सदैव चिन्तित रहेको बताउदै अध्यक्ष सापकोटाले जनचेतनाका कार्यक्रम निरन्तर चलिरहने बताए ।

जनचेतना मुलक कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) डम्बर बहादुर बिकले सवारी धनी र चालले आआफ्नो सवारीसाधनको नियमित चेकजाच गर्न आवश्य रहेको औल्याए । सवारी चालकले सडकलेन र गतिमा नियन्त्रण राख्न आवश्य रहेको बताउदै डिआइजी बिकले सडकयात्रुहरुले समेत सडक पेटीको प्रयोग गरे दुर्घटना न्युनिकरण हुने बताए ।

यस्तै, कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रीय महासंघ सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक प्रेम शाही, सेती महाकाली ट्रक यातायात ब्यबसायी संघका अध्यक्ष मोहन साउद, बिभिन्न मजदुर संगठनका प्रमुख प्रतिनिधिहरुले सडक सुरक्षा र दुर्घटना न्युनिकरणका बारेमा सवारी चालक र स्थानियहरुलाई जानकारी गराएका थिए । यसैगरि कार्यक्रमको संचालन प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए ।

Advertize US