
नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला १,५०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ३०० रुपैयाँले बढेको हो।

हाल छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार यसको भाउ १ लाख ९२ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ हजार १४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको माग स्थिर देखिँदै गएको छ। आज विश्वबजारमा सुन प्रतिऔंस ३,३३५ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।



























