शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा तीव्र गिरावट

Image
Nisarga Hospital

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २,९०० रूपैयाँले घटेर एक लाख ८९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार मात्रै सुनको मूल्य ३ सय रूपैयाँले वृद्धि भई प्रतितोला १ लाख ९२ हजार ३ सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।