
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य फेरि बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार यो दर १ लाख ९० हजार ५ रुपैयाँ थियो। त्यसअघिको दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको थियो भने आज पुनः १ हजार २ सय रुपैयाँले बढेको हो। यससँगै दुई दिनमै सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।

यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ४५ रुपैयाँमा झरेको छ। चाँदीको मूल्य एक दिनमै १० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।































