
नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९२ हजार १ सय रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य १ लाख ९१ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ७० रुपैयाँ पुगेको छ। बुधबारको तुलनामा चाँदी १५ रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



























