
काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन सोमबारकै मूल्यमा कारोबार भएको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार घटेर २ हजार २७५ रुपैयाँमा झरेको हो।






























