ओली–भण्डारी भेट: समसामयिक राजनीति र पार्टी विधानबारे छलफल हुने

Image
Nisarga Hospital

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो ३ बजे च्यासलमा भेटवार्ता तय भएको छ।

CP Hospital Dhangadhi

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भेटमा समसामयिक राजनीतिक मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ।

Attariya Hospital

हालै एमाले पोलिटब्युरो बैठकले पार्टी विधान मस्यौदामा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा खारेज गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यस सन्दर्भमा पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे पनि पार्टीमा गम्भीर बहस भइरहेको छ।

nawajiwan

भेटवार्ताले पार्टीभित्रको रणनीतिक दिशामा महत्वपूर्ण सन्देश दिने राजनीतिक विश्लेषण भइरहेको छ।