सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १,८०० रूपैयाँले वृद्धि भई १,९५,५०० रूपैयाँ पुगेको हो।

CP Hospital Dhangadhi

अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य १,९३,७०० रूपैयाँ थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २,२८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३५ रूपैयाँले बढेर २,३२० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य बढेको छ। अहिले सुनको मूल्य प्रति औंस ३,३८७ डलर र चाँदीको मूल्य प्रति औंस ३८.७९ डलर पुगेको छ।