सक्रिय राजनीतिमा आउने निर्णयबाट ब्याक हुन्नँ : पूर्वराष्ट्रपति भण्डारी

Image
Nisarga Hospital

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने निर्णयबाट ब्याक नहुने बताएकी छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब राजनीतिबाट पछि नहट्ने बताएकी हुन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

उनले भनिन् ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन छैन ।’ साथै, उनले आफू राजनीतिमा आएको विषयलाई लिएर अहिले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको पनि उनले बताए । उनले उक्त कार्य गलत रहेको बताएकी छन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन,’– उनले भनिन् ।

nawajiwan