कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण सुरु, आर्थिक सम्भावनाको नयाँ ढोका खुल्ने अपेक्षा

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको छ। मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निर्माणको प्रारम्भिक चरणको उद्घाटन गरेका हुन्।

CP Hospital Dhangadhi

गजुरेलका अनुसार रुख कटानको प्रक्रिया सम्पन्न भएसँगै भारतीय निर्माण कम्पनीले स्थल तयारी, पर्खाल निर्माण, सामग्री आपूर्ति लगायतका प्रारम्भिक कार्यहरू थालनी गरेको हो। परियोजनाको औपचारिक शिलान्यास भने दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा गर्नेछन्।

सुक्खा बन्दरगाह निर्माणपछि सुदूरपश्चिम क्षेत्र मात्र नभई सम्पूर्ण नेपालको आर्थिक समृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ। उनले भारतसँगको आयात मात्र होइन, तेस्रो मुलुकमा निर्यात गर्न समेत बन्दरगाह उपयोग गर्न सकिने सम्भावनाबारे प्रकाश पारे।

nawajiwan
Attariya Hospital

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको यो परियोजनामा दुई अर्ब ५४ करोडभन्दा बढी भारतीय रुपैयाँ खर्च हुनेछ। बन्दरगाह ४२.३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसअन्तर्गत पहिलो चरणमा २५.०३ हेक्टरमा दुई गोदाम, भन्सार, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनजस्ता पूर्वाधार निर्माण हुनेछन्।

गौरशंकर सामुदायिक वन क्षेत्रका १,७०५ रुख हटाइएपछि परियोजना अघि बढाइएको हो। नेपाल–भारतबीच २०२३ जुन १ मा सम्झौतापछि यो निर्माण प्रक्रिया अघि बढाइएको हो।