सुनको मूल्य आज पनि तोलामा ५०० घट्यो ! चाँदीको मूल्य सामान्य वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको अन्तिम कारोबारी दिन छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो।

CP Hospital Dhangadhi

बिहीबार छापावाल सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ तोलामा थियो। सुनको मूल्यमा केही दिनदेखि घटबढ देखिँदै आएको छ।

Attariya Hospital

यता, चाँदीको मूल्य भने सामान्यरूपमा बढेको छ। बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

nawajiwan