आइतबार सुन र चाँदी दुबैको मूल्य घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य घटेर कारोबार भएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ थियो। तर आइतबार ११०० रुपैयाँले घट्दै तोलाको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले घटेर २ हजार २९० रुपैयाँमा झरेको छ।

nawajiwan