
बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। बुधबार तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँ रहेको चाँदी बिहीबार ४० रुपैयाँ घटेर २ हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


















