
शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

शुक्रबार सुन १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबारदेखि हेर्दा दुई दिनमा सुन १३ सय रुपैयाँले सस्तो भएको हो। मंगलबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ लाख ९३ हजार ६ सयमा झरेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन २,२७० रुपैयाँमा रहेको चाँदी ३५ रुपैयाँले घटेर शुक्रबार २,२३५ रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको मूल्य २,३१० रुपैयाँ थियो।





















