
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँले घटेर तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै, चाँदीको मूल्य भने उकालो लागेको छ। मंगलबार तोलामा २ हजार २८० रुपैयाँमा कायम भएको चाँदी बुधबार २५ रुपैयाँले बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



















