
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ रहेको छापावाल सुन सोमबार घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २ हजार ३३० रुपैयाँ रहेको चाँदी सोमबार तोलामा २ हजार ३१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
































