
सुन र चाँदीको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँमा रहेको छापावाल सुनको मूल्य मंगलबार १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको हो।


यस्तै, सोमबार तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर तोलामा २ हजार ३०५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।





























