नेपाल किसान महासंघको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हरेन्द्र सिंह विस्ट

Image
Nisarga Hospital

धनगढी ः नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन बुधवार धनगढीमा सम्पन्न भएको छ। “आफ्नो देशको उत्पादन, आफ्नो सान — कृषि उन्नति हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित उक्त महाधिवेशनबाट हरेन्द्र सिंह बिस्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू पनि निर्विरोध चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा जन्मजय तिमित्येता, महिला उपाध्यक्षमा इन्द्रा लोहरा, सचिवमा खगेन्द्र ओझा र सह-सचिवमा फकिर बहादुर रोकाया निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यसैगरी, समितिका सदस्यहरूमा जय बहादुर कुँवर, झगरी कामी, गोपीप्रसाद खनाल, अम्मरजंग साउँद, अरुण खडायत, नवराज बुढा, सुरत बहादुर साउँद, भावना खड्का, जोवाहिताला दायी डगौरा, टीका मौनी, तेज बहादुर बम, जंगवीर बिस्ट, प्रेम कडेल, दशरथ चौधरी, विक्रम चौधरी, गीता रावल, दीपा बोहरा, कृष्णा धर्ती र निर्मला अवस्थी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भरत बहादुर सिंहले जानकारी दिए। यो महाधिवेशनले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको विकास र किसानहरूको हितमा काम गर्न नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।

nawajiwan