पेट्रोलियम मूल्य समायोजन : उपभोक्तामाथि थप बोझ, डिजेलमा आंशिक राहत

Image
Nisarga Hospital

शनिबार बिहान १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य १ रुपैयाँ घटाइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

भारतीय आयल कर्पोरेसन (IOC) बाट शुक्रबार पठाइएको खरिद मूल्यका आधारमा नयाँ दर तोकिएको निगमले जनाएको छ। नयाँ मूल्यसूची देशभर लागू हुने भए पनि निगमले स्थानअनुसार दरलाई तीन वर्गमा विभाजन गरेको छ।

  • पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी)

    • पेट्रोल : रु. १५८.५० प्रतिलिटर

    • डिजेल/मट्टीतेल : रु. १४६.५० प्रतिलिटर

  • दोस्रो वर्ग (सुर्खेत, दाङ)

    • पेट्रोल : रु. १६० प्रतिलिटर

    • डिजेल/मट्टीतेल : रु. १४८ प्रतिलिटर

  • तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)

    • पेट्रोल : रु. १६१ प्रतिलिटर

    • डिजेल/मट्टीतेल : रु. १४९ प्रतिलिटर

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष कच्चा तेल खरिद नगरी भारतीय आयल कर्पोरेसनमार्फत प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। IOC ले अन्तर्राष्ट्रिय मूल्य, प्रशोधन शुल्क र ढुवानी लागतलाई आधार मानेर नेपालका लागि मूल्य पठाउँछ। त्यसपछि आयल निगमले भन्सार, कर, ढुवानी खर्च, प्रशासनिक लागत तथा डिलर कमिसन थपेर उपभोक्ता मूल्य निर्धारण गर्ने गरेको छ।

यसरी पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारमै मुख्य आधार रहने निगमले स्पष्ट पारेको छ।

Advertize US