
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने सो मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ थियो।

यसैगरी, शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।


















