
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २ हजार २ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।




























