नेपाल–भारत सुरक्षा अधिकारीबीच खलङ्गामा सीमा समन्वय बैठक सम्पन्न

Image
Nisarga Hospital

नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज खलङ्गामा सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल नेपालबीच डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति देवराज जोशीका अनुसार बैठकमा दुवै पक्षले आफ्नो जिम्मेवारी, विद्यमान सुरक्षा अवस्था र सम्भावित खतराबारे समीक्षा गरेका छन्। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी–तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी मिलेर काम गर्ने सहमति भएको उनले बताए।

Attariya Hospital

यस्तै, बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिबारे सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत, संरक्षण र पुनःस्थापना अघि बढाउन सम्बन्धित निकायलाई प्रतिवेदन गर्ने, साथै सीमा क्षेत्रमा नागरिकको आवागमन सहज र सौहार्दपूर्ण बनाउन सहयोग गर्ने सहमति भएको जनाइएको छ।

nawajiwan

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति, भारतको अल्मोडाका डीआइजी सुधाम्सु नौटियाल, पिलिभितका डीआइजी अनिलकुमार शर्मा लगायत १० जनाको उपस्थिति थियो।

Advertize US