
दार्चुलाः सोमबार नौगाड गाउँपालिका–५ सौकेबगर भिरको सडकमा अटो दुर्घटना हुँदा ११ वर्षीया अरुणा धामीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार म–१ ह–११४८ नम्बरको अटो नौगाड खोलामा खसेको हो।ए

दुर्घटनामा अटोमा चालकसहित पाँच जना सवार थिए। चालक मनीराम भुलका १७ वर्षीय छोरा आयुष भुल घाइते भएका छन् र उनीहरुलाई घट्नास्थलबाट उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएको छ।

सोही अटोमा सवार दुई जना महिला बेपत्ता छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक मनीराम भुललाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार भिरका क्षेत्रमा सडक जोखिमपूर्ण भएकाले स्थानीयलाई सावधानी अपनाउन र आवश्यक भए मात्र यात्रा गर्न अनुरोध गरिएको छ।




















