दार्चुलाका छाङ्गरु–तिङ्करवासी बाढीपछि पैदल बाटो र सञ्चारविहीन, खाद्यान्न अभावको संकट

Image
Nisarga Hospital

दार्चुला : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण चर्चित व्यास गाउँपालिका–१ भित्र पर्ने छाङ्गरु र तिङ्कर गाउँ अझै पनि आधारभूत पूर्वाधार सुविधाबाट वञ्चित छन्। पैदल बाटो अवरुद्ध र सञ्चार सेवा ठप्प हुँदा यहाँको जनजीवन कठिन बनेको छ।

CP Hospital Dhangadhi

गत साउन २८ गतेको बाढीले छाङ्गरु–तिङ्कर बीचको सम्पर्क विच्छेद भएको हो। १० किलोमिटर दुरी रहेको बाटो बाढीले बगाएपछि अहिले गाउँमा खाद्यान्न ढुवानी असहज छ। वडासचिव विनोदसिंह बुढाथोकीका अनुसार स्थानीय मौज्दात खाद्यान्नमै निर्भर छन्। “सडक नबन्ने हो भने नागरिक मात्र होइन, सुरक्षाकर्मीलाई समेत समस्या हुन्छ,” उनले बताए।

सञ्चार सेवा पनि अवरुद्ध छ। तिङ्कर गाउँ तीन सातादेखि नेटवर्कविहीन छ भने स्थानीयले सुरक्षाकर्मीको सेट प्रयोग गरेर मात्र आफन्तसँग खबर गर्न सक्ने अवस्था बनेको छ। छाङ्गरुमा नेपाल टेलिकमको सेवा आंशिक रुपमा चल्दछ, तर तिङ्करवासी पूर्णरुपमा सञ्चारविहीन छन्।

nawajiwan

व्यास–१ का तिङ्करमा करिब ७० परिवार बसोबास गर्छन्। सुरक्षाकर्मीसमेत आफन्तसँग सम्पर्कविहीन बनेका छन्। गत वर्ष संघीय सरकारको विशेष अनुदानमा दुम्लीङदेखि कुन्तीसाउसम्म २० किलोमिटर बाटो मर्मत गरिएको भए पनि हालसम्म पैदल हिँड्न सहज बाटो बनेको छैन।

Attariya Hospital

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तत्काल बजेट व्यवस्थापन गरी बाटो, खाद्यान्न आपूर्ति र आवतजावत सहज बनाउनुपर्छ, नभए हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता हुन्छ।

पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालका अनुसार छाङ्गरु–तिङ्करसम्म विकास कार्य तीव्र गतिमा अगाडि बढाउनु नै नेपालको उपस्थिति प्रमाणित गर्ने व्यवहारिक कदम हो। हाल तीन वटा काठे पुल स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको श्रमदानमा पुनःस्थापना गरिएका छन् तर पैदल बाटो अझै सुरक्षित छैन।

👉 बाटो र सञ्चार सुविधाविहीनताले छाङ्गरु–तिङ्करवासी अझै राज्यको ध्यान पर्खिरहेका छन्।